परिचय (Introduction)

20140305_085943        कुनै पनि देशको आर्थिक एवं सामाजिक परिवर्तन सहकारीताले नै गर्दछ । तसर्थ अन्तर्राष्ट्रिय मुल्य,मान्यता र सिद्धान्तको आधारमा देशले अवलम्बन गरेको खुला अर्थनिति तथा आर्थिक उदारिकरणको ब्यवस्थालाई आत्मासाथ गर्दैँ सहकारिताको माध्यमबाट कीर्तिपुर नगरपालिका क्षेत्र र आसपासका जनताहरुको सामाजिक, आर्थिक बृद्धिका लागि स सानो छरेर रहेको पुँजीलाई संकलन गरी आयमूलक, नाफामूलक तथा उत्पादनशील पेशामा लगानी गर्ने र आम नागरिक तथा सदस्यलाई विविध सेवा प्रदान गर्ने तथा आफूहरुसँग भएको श्रोत,साधन र सीपलाई प्रयोग गरी उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसायको स्थापना गरी गरिबी तथा रोजगारीको अवसर सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुराउने महान उद्देश्यका साथ दर्शन बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो । सहकारी ऐन २०४८ (संशोधित सहित ) अन्तर्गत स्थापित दर्शन बचत तथा ऋण सहकारी संस्था लि. स्थानिय जागरुक युवाहरुद्वारा संचालित एक सफल बित्तिय संस्था हो ।

        बैकिंङ्ग क्षेत्रमा अनुभवी र बाणिज्य शास्त्रमा बिशेषज्ञता हासिल गरेका सल्लाहकारहरुको संलग्नता र कर्मचारीको सहकारी क्षेत्रमा लामो समयको अनुभवले संस्थालाई प्रभावकारी रुपमा संचालन गर्न सदा दृढ संकल्पित भएकोले वित्तीय सहकारीको क्षेत्रमा संस्थाले अग्रणी स्थान हासिल गर्ने छ ।

        समाजका सम्पूर्ण वर्गका सदस्यहरुलाई लक्षित गरी उनीहरुको आय स्तर बढाउन उचित ब्याज दरमा कर्जा प्रवाह र बचतको अत्याधिक ब्याज प्रदान गर्ने र गुणस्तरिय सेवा प्रदान गर्ने प्रमुख लक्ष्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले राखेको छ ।

        देशमा  ठूला बैँक तथा थरि थरिका फाइनान्स कम्पनीहरु छन् । कतिपय फाइनान्सहरुमा विदेश पूँजी र प्रविधि छ , तथापी बैँक तथा फाइनान्स कम्पनीहरुले कमजोर आर्थिक अवस्था भएका स्थानिय जनसाधारणलाई वित्तिय सेवा प्रदान गर्न लायक नसम्झे झै देखिएको छ , किनभने स साना बचतकर्तालाई उचित कदर गरिएको छैन त्यसैले बैकिङ्ग सेवा पाउन नसकिरहेका साना एवं मध्यम स्तरका जनसाधारणलाई सेवा पु¥याउने यो सहकारी संस्था स्थापनाकाल देखि नै  निरन्तर काँधमा काँध मिलाएर अगाडी बढिरहेको छ । स्वदेशी पूँजी स्वदेशी श्रम तथा व्यवस्थापनबाट संचालन भैरहेको यस संस्थाले स सानो बचत, अनुभवी सिप र जाँगर भएका मानिसहरुलाई ब्यवसाय गरी आम्दानी बढाउन आर्थिक रुपले मद्दत गरिरहेको छ ।

Scroll Up