परिचय (Introduction)

 

 पृष्टभुमी

         स्वाधिन अर्थतन्त्रको लागि सहकारी र्निविकल्प माध्याम हो। देशको  आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी क्षेत्रलर महत्वपुण भुमिका खेलेको पाईन्छ । देशको आर्थिक विकासको आधार स्तम्भको रुपमा रहेर सहकारी क्षेत्रले  ग्रामिण विकास तथा  गरिवि निवारणमा ठुलो योगदान पुर्याएको छ।  नेपालमा औपचारीक रुपमा सहकारीहरुको थालनी भएको पनि तिन दर्शक भन्दा वढि भईसकेको छ ।

     एतिहासिक नगरीय कीर्तिपुरमा सहकारीको विकास एवम् विस्तार गर्ने हेतुले दक्ष तथा अनुभवि  यूवाहरुको जमात मिली  स–साना पुजीहरुलाई एकृकित गरी  व्यवस्थित रुपमा त्यसको व्यवस्थापन गर्दै, व्यवसाय विस्तारवाट आर्थिक  सामाजिक रुपान्तरण गर्न दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भयो ।

 

परिचय

      वि.. २०६७ साल श्रावण ७ गतेका दिन श्री दिनेश दर्शनधारी ज्यू को अध्यक्षतामा स्थापित भई डिभिजन सहकारी कार्यलय काठमाडौंमा दर्ता भइ आफ्नो संस्थागत पहिचान पाई उचित प्रतिफल, सिप मूलक आय मूलक क्षेत्रमा लगानी सुलभ तथा चुस्त सेवा गदै आएको आज८ हजार सदस्यताका बनाउन सफल भएको छ ।

      यस संस्थाले कीर्तिपर नगाँउमा आफ्नै लिफ्ट सहितको अत्ताधुनिक सुविधा सम्पन्न भवनबाट सेवा सुचारु गर्दै आईरहेको छ। ९० प्रतिशत महिला कर्मचारी र ७० प्रतिशत महिला सदस्य सहभागिताको लैङ्गिक समान्ताको अनुपम उदहरण भएको यस संस्थाको छोटो समयमा नै कीतिपुर बासीहरुको मनमनमा रहन सफल भएको छ ।यस संस्थाले  स्थापनाकाल देखि नै सहकारी सञ्चालनका अन्तराष्ट्रिय तथा राष्ट्रिय मान्यता एवम सिद्धान्तहरुको पूर्ण रुपले परिचान गदै आइरहेको छ ।

      आर्कषक प्रतिफल सुरक्षित लगानी प्रत्याभुति दिदै आइरहेको यस संस्थाले सदस्यहरुको सिप उद्येयम तथा जागरलाई प्रोत्साहन गदै उनिहरुको आर्थिक सामाजिक सस्कृतिक विकासको लागि ठोस निति कार्यक्रमहरु तर्जुमा गदै वैंक तथा वित्तिय संस्थाले पुर्यायाउने सेवा पुर्याउदै आइरहेको

    आफ्नो सेवालाई अझ विस्तृत बनाउदै लैजान  यस दर्शन बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सोनित्य सेवा केन्द्र र काठमाडौंमा आदिवासि सेवा केन्द्र संचालन गर्दै आएको छ र चाँडै नै चन्द्रागिरि न.पा मा पनि आफ्नो सेवा केन्द्र सञ्चालन गर्ने लक्ष छिट्टै नै दुवै सेवा केन्द्रहरुको निजि भवन तयार गर्ने लक्षपनि लिएको छ।