उद्देश्य तथा कार्यक्रमहरु
- संस्थामा संदस्यहरु र आम जनताको बीचमा स्वावलम्बनको भावना जागृत नियमीत बचत गर्ने बानी बसाल्ने ।
- सदस्यहरुबाट नियमीत रुपमा निक्षेप लिने र प्रतिस्पर्धात्मक दरमा व्याजदर प्रदान गर्ने
- सदस्यहरुको जीवनस्तर उकास्ने खालका आयमुलक , सीपमुलक कार्यको लागि उचित व्याजदरमा कर्जा लगानी गर्ने ।
- विभिन्न खालका प्राविधिक तथा प्रशिक्षणमूलक संस्था स्थापना गरी संचालक गर्ने ।
- संस्थाको लगानीमा विभिन्न क्षेत्रसँग सम्बन्धित रिसर्च सेन्टर तथा प्रयोगशाला संचालन गर्ने ।
- सदस्यहरु तथा आम नेपाली जनताको सुविधाको लागी रेमिट्यान्स कम्पनि संचालन गर्ने ।
- छरिएर रहेको पूँजीलाई एकिकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गरी जीवनस्तर उकास्ने ।
- आफ्ना सदस्यहरुलाई सहकारीताको माध्यमबाट आयमुलक रोजगार तथा तालिमको सु अवसर प्रदान गर्ने ।
विशेषताहरु
- बैकिङ्ग, सहकारी तथा व्यापारिक क्षेत्रमा अनुभव प्राप्त युवाहरु संलग्न ।
- आकर्षक ब्याजदरको सुबिधा भएको ।
- कर्जा सर्वसुलभ तरिकाले उपलब्ध गराउने भएको ।
- स्थानीय बासिन्दाहरुबाट संचालित ।
- घरदैलो बाटै रकम जम्मा गर्न र झिक्न सकिने।
- टेलिफोनको आधारमा नै तपाईको घरसम्म सजिलै रकम उपलब्ध गराउने ।
- बार्षिक रुपमा सदस्यहरुको बीच सर्वेक्षण गरी प्राप्त सुझावहरुलाई आत्मासाथ गर्दै अघि बढ्ने
- दक्ष, इमान्दार तथा अनुभवि कर्मचारीको व्यवस्था ।
- छिटो तथा भरपर्दो र विश्वासिलो सेवा ।
- कम्प्युटराइज्ड आधुनिक लेखा प्रणाली ।
- सहकारीको चार खाताको लेखा प्रणाली ।
- सरल तथा सुलभ बचत तथा कर्जा योजनाहरु ।
योजनाहरु
- क्रमिक बचत कर्ता तथा क्रमिक रुपमा भुक्तानी गर्ने ऋणी मध्येबाट प्रत्येक एक एक जनालाई संस्थाले बार्षिक रुपमा सम्मानित तथा पुरस्कृत गर्ने ।
- उत्कृष्ट नारी बचत कर्तालाई नारीको महान पर्व तीजको अवसरमा बिशेष उपहार (न्युनतम मौज्दात रु १०,००० )।
- नारी बचत खाता संचालन गर्ने महिलाहरुलाई तिजको अवसरमा हात खाली नहुने उपहार (न्युनतम मौज्दात रु ५,०००)।
- पाँच बर्षको आवधिक खाताको हकमा रकम अनुसारको उपहार (न्युनतम मौज्दात रु २५,०००)।
- उत्कृष्ट एक कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गर्ने ।