बचत गर्ने तरिका

तपाईको श्रम तथा पसिनाबाट आर्जित रकम घर, पसल वा खल्तीमा भयो भने अनावश्यक खर्च हुने, चोरी हुने तथा हराउने डर हुन्छ । फलस्वरुप तपाई स साना रकम सम्म पनि बचत गर्न सक्नु हुन्न तर त्यहि रकम संस्थाको सदस्य बनी बचत गर्नु भयो भने हराउने, चोरी हुने र अनावश्यक खर्च हुने डर हुन्न । यस संस्थाको सदस्य भए पछि तपाई घर पसल र अफिसबाट नै रकम संकलन गरिने व्यवस्था मिलाएको छ ।

 

kramik bachatक्रमिक बचत खाता

यस बचत योजनामा सदस्यहरुले आफ्नो इच्छा अनुसारको रकम दैनिक, साप्ताहिक,मासिक रुपमा जम्मा गर्न सकिनेछ । यस खातामा ब्याज खाताको अवधि समाप्त भएपछि दिईनेछ । यस खातामा निम्न अनुसार ब्याजदरको ब्यवस्था गरिएको छ ।

बिस्तृत जानकारीको लागि click गर्नुहोस ।

 

2साधारण बचत खाता ( Normal Saving Accoung )

यस बचत खातामा न्यूनतम रु ५,००।– मौज्दात राखी जतिपनि रकम झिक्न सकिनेछ । यो खाताको ब्याज बार्षिक ७% मासिक दैनिक मौज्दातामा ३/३ महिनामा उपलब्ध गराईनेछ ।

 

विशेष दैनिक बचत खाता (Special Daily Saving Account)

यस बचत खातामा न्यूनतम रु ५,०००।– मौज्दात राखी जतिपनि रकम राख्न झिक्न सकिनेछ । यो खाताको ब्याज बार्षिक १०% दैनिक मौज्दातामा ३/३ महिनामा उपलब्ध गराईनेछ ।

 

4खुत्रुके बचत खाता

यस बचत योजनामा सदस्यले रु ५०० ।– राखी खुत्रुके घरमा लैजान सकिनेछ साथै हरेक हप्ता खुत्रुके खोली जम्मा भएको रकम बजार प्रतिनिधि मार्फत यस संस्थामा जम्मा गर्न ल्याईनेछ । यस खाताको अवधि १ बर्षको हुनेछ । यस खातामा बार्षिक ८% ब्याज दिइनेछ ।

 

4मासिक बचत खाता

यस बचत योजना अन्र्तगत मासिक रुपमा घर, अफिस, पसल तथा अन्य ब्यवसायबाट केहि रकम भविष्यको लागि बचत गर्न प्रेरित गर्ने उद्देश्यले न्युनतम रु ५००।– मा खाता खोली मासिक रुपमा बचत गर्न सकिनेछ ।यस बचत योजना अन्तर्गत बार्षिक ८% ब्याज दिइनेछ ।यो खाताको अवधि १ बर्षको हुनेछ ।

 

आवधिक बचत खाता

4यस बचत योजना अन्र्तगत न्यूनतम रु २५,००० ।– देखि माथि जतिपनि रकम बचत गर्न सकिनेछ । यस खाताको अवधि ६ महिना देखि ५ बर्ष सम्मको हुनेछ ।यस बचत योजनामा निम्न अनुसार ब्याज प्रदान गरिनेछ ।

बिस्तृत जानकारीको लागि click गर्नुहोस ।

 

दर्शन बिशेष बाल बचत

4यो खाता संचालन अवधि न्यूनतमा १ बर्ष अवधिको हुनुपर्नेछ ।यो बचत योजनमा अन्र्तगत बालबालिकाहरुलाई शिक्षाको माध्यमबाट सुनौलो भविष्य सुनिश्चित गर्ने आभिभावहरुलाई आफ्ना बालबालिकाहरुको शिक्षादिक्षामा योजनावद्ध रुपमा अगाडि बढाउन आम्दानीको केही हिस्सा बचत गर्न अभिप्रेरित गर्ने यो खाता संचालमा ल्याइएको हो । यस योजनामा बचत कर्ताले मासिक न्यूनतममा रु५०० जम्मा गरेको हुनुपर्नेछ । जन्मदिनको अवसरमा संस्थाले बिशेष उपहारको ब्यवस्था गर्नेछ ।

आम्दानी भएको बालबालिकाकै शिक्षामा खर्च गर्न सकियोस् र आफ्ना बालबालिकाको शिक्षाको लागि योजनाबद्ध रुपमा अघि बढ्न सजिलो होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको छ । निजको संरक्षक अभिभावक बसेको हुनुपर्नेछ ।

बिस्तृत जानकारीको लागि click गर्नुहोस ।

 

कर्मचारी बचत

4यस बचत योजना अन्र्तगत बिभिन्न संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुको आम्दानी मासिक रुपमा हुने भएकोले घर, अफिस, पसल तथा अन्य ब्यवसायबाट केहि रकम भविष्यको लागि बचत गर्न प्रेरित गर्ने साथै अधिकतम लाभ पाउने उद्देश्यले न्युनतम रु ५००।– मा खाता खोली मासिक रुपमा बचत गर्न सकिनेछ ।यो बचत खाता अन्तर्गत कर्मचारीहरुले निम्न अनुसारको लाभ लिन सक्नेछ ।

  • मासिक रु १,००० ।– जम्मा गरी २ बर्षमा रु २७,००० ।– प्राप्त गर्नु हुनेछ ।
  • मासिक रु १,००० ।– जम्मा गरी ३ बर्षमा रु ४०,००० ।– प्राप्त गर्नु हुनेछ ।
  • मासिक रु २,००० ।– जम्मा गरी २ बर्षमा रु ५५,००० ।– प्राप्त गर्नु हुनेछ ।
  • मासिक रु २,००० ।– जम्मा गरी ३ बर्षमा रु ८५,००० ।– प्राप्त गर्नु हुनेछ ।
  • मासिक रु ५,००० ।–जम्मा गरी २ बर्षमा रु १,३५,००० ।– प्राप्त गर्नु हुनेछ ।

 

सुरक्षित महिला बचत खाता

4यो बचत योजनामा १६ बर्ष माथिका सम्पूर्ण नारीहरु सहभागी हुन सक्नुहुनेछ । यस बचत योजनामा मासिक रु १,००० ।– जम्मा गर्ने गरी सहभागी हुन सकिनेछ । यस योजना अन्तर्गत सम्पुर्ण महिलाहरुलाई अत्याधिक मुनाफा दिने हेतुले उच्चतम व्याजदर कायम गरिएको छ । यस योजनामा बालक देखि वृद्धासम्मका महिलाहरु हुन सक्ने एच्छिक क्रमिक बचत योजना हो । यस योजनामा आफनो इच्छा अनुसार रकम बचत गर्ने सुविधा रहेको छ । यस खातामा निम्नानुसार व्याजका व्यवस्था गरिएको छ ।

बिस्तृत जानकारीको लागि click गर्नुहोस ।

 

एकल महिला बचत योजना

4यस योजनाले एकल महिलाले बचत गरेको रकममा निम्न अनुसारको बिशेष सुबिधा दिईनेछ । प्रत्येक रु १,००,००० मा रु १,००० का दरले थप बोनश दशैं खर्च र रु ५०० तिहार खर्च वापत प्राप्त गर्न सक्नु हुनेछ ।

बिस्तृत जानकारीको लागि click गर्नुहोस ।

 

4

 

पेन्सन बचत योजना

यस योजना अन्र्तगत कुल निक्षेप रकमको प्रति महिना प्रति लाखको रु १००० पेन्सन दिइनेछ साथै दशैँ तथा तिहार खर्च बापत रु १५०० तथा १००० प्रति लाख थप दिइनेछ ।यो खाताको अवधि कम्तिमा ५ बर्षको हुनेछ ।

 

दर्शन बिशेष बचत योजना
4

  • यस योजना अन्र्तगत ५ बर्ष सम्म मासिक रु १२५० का दरले जम्मा गर्न सदस्यलाई ५ बर्ष पछि एकमुष्ठ १ लाख प्रदान गरिनेछ ।
  • साथै ५ बर्ष सम्म प्रति महिना रु २५०० को दरले जम्मा गर्न सदस्यलाई सो अवधि पश्चात रु ५०,००० थप गरी एकमुष्ठ २ लाख दिइनेछ ।
  • ५ बर्षसम्म मासिक रु ५००० को दरले रकम जम्मा गर्ने सदस्यलाई सो अवधि पुरा भएपछि रु १ लाख थप गरी एकमुष्ठ रु ४ लाख प्रदान गरिनेछ ।

 

4ज्येष्ठ नागरिक आवधिक बचत

प्रत्येक रु १,००,००० मा रु १,००० का दरले थप बोनश दशैं खर्च र रु ५०० तिहार खर्च वापत प्राप्त गर्न सक्नु हुनेछ ।

बिस्तृत जानकारीको लागि click गर्नुहोस ।

 

4रेमिट्यान्स बचत योजना

यस बचत योजना अन्तरगत विश्वको जुनसुकै देशबाट पठाएको रकम सिधैं आफ्नो वा आफन्तजनको खातामा जम्मा गर्न सकिनेछ । जसमा व्याजदर १२ प्रतिशत रहेको छ ।

 

4बिल भुक्तानी बचत खाता

यस बचत योजना अन्तरगत ६ प्रतिशत ब्याज दिईने छ । यस खातामा २००० न्युनतम मौज्दात हुनु पर्नेछ । यस खाताबाट सोझै फोन तथा क्ःक् को माध्यमबाट मासिक रुपमा तिर्नुपर्ने बत्तीको बिल, टेलिफोन बिल, पानीको बिल, स्कुलको कलेजको बिल भुक्तानी गर्न सकिनेछ साथै मोबाईल रिर्चाज समेत गर्न सकिनेछ ।

कर्जा लगानी तथा ब्याजदर

व्यावसायिक कर्जा

समग्र समाजको आर्थिक उन्नतिको लागि यस संस्थाले चलिरहेको व्यवसाय विस्तार गर्न यो प्रवाह गराईन्छ । यस्तो किसिमको कर्जा प्रवाह सामुहिक जमानी , व्यवसायको आधारमा र धितोको आधारमा पनि गरिन्छ । कर्जा माग गर्ने व्यक्तिले विना धितो, जमानी कर्जा लिन चाहेमा २० देखि ४० प्रतिशत आफनो बचत खातामा जम्मा गरेको हुनु पर्ने र व्यावसाय देखिएमा मात्र लगानी गरिनेछ ।

 

हायर पर्चेज कर्जा

यस प्रकारको कर्जा लागि संस्थाको सदस्य भए पश्चात् समानको मुल्य र प्रकृति हेरी २० देखि ४० प्रतिशत सम्म नगद जम्मा गराई घरायसी सामानहरु मोटर साइकल, फ्रिज , टि.भी., ए.सी, भ्याकुम क्लिनर, वासीङमेसिन र मोबाइलहरु समेत दिलाउन सकिन्छ ।

बिस्तृत जानकारीको लागि click गर्नुहोस ।