सहकारी बैंकको दशौ वार्षिक साधारणसभा तय तेह्र प्रतिशत मुनाफा बाड्ने

राष्ट्रिय सहकारी बैंकको दशौ वार्षिक साधारणसभा तय तेह्र प्रतिशत मुनाफा बाड्ने ।

sahakarisuchana–20/07/070

ललितपुर, कात्तिक

       मुलुकभरका सम्पूर्ण सहकारी संघ संस्थाहरुको एकमात्र सहकारी बैंक, राष्ट्रिय सहकारी बैंक लिमिटेडको दशौ वार्षिक साधारणसभा आगामी मंसिरको अन्त्यमा हुने भएको छ । बैंक सचालक समितिको बुधवार बसेको वैठकले मंसिर २३ र २४ गते काठमाडौंमा बैंकको दशौ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको वैठकले साधारणसभा सम्पन्न गर्नका लागि जिम्मेवारी समेत बाँडफाँड गरेको छ । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०६९/७० को कारोबारबाट शेयर सदस्यहरुलाई १३ प्रतिशत मुनाफा वितरण गर्ने भएको छ । बैठकले सदस्य संस्थाहरुलाई १३ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय गरेको बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले जानकारी दिनुभयो । २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई ०६१ साउन १९ गतेदेखि कारोबार गरेको बैंकमा नेपाल सरकार, सहकारी अभियानका केन्द्रीय निकायहरुसहित देशभरका ६ हजार ५ सय सहकारी संघ संस्था सदस्य रहेका छन् । ३० वटा शाखा र केन्द्रीय कार्यालय मार्फत कारोबार गरी रहेको बैंकमा हालसम्म ५४ करोड शेयर, ५ अर्ब निक्षेप, ३ अर्ब ६० करोड लगानीमा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll Up